पञ्चकर्म विधिद्वारा बाथरोगको उपचार
दिपायल : बाथरोगीका लागि जिल्लामा पहिलोपटक नयाँँ उपचार प्रविधि शुरु गरिएको छ। जिल्ला आयुर्वेद कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार थालेको हो।
बाथरोगीका लागि जिल्ला आयुर्वेदले यो प्रविधिबाट उपचार गर्न शुरु गरेपछि अहिले आयुर्वेद कार्यालयमा उपचार गराउन आउने बिरामीको घुइँचाे हुने गरेको छ। ‘रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न बाध्य थिए। केही बिरामी टाढा गएर महँगोमा उपचार गर्न बाध्य थिए’, कविराज विद्या घिमिरे देउवाले भनिन्, ‘अहिले हामीले यहीँ सेवा दिन थालेपछि उनीहरूको चाप बढेको हो।’
कविराज देउवाका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथरोगका बिरामी पाइएको छ। पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउँदा आफ्नो बाथरोग निकाे हुँदै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हिरादेवी कठायतले बताइन्। स्थानीय गणेश साहुले पनि आफूले पञ्चकर्म–पूर्णकर्म प्रविधिबाट उपचार गराउन थालेपछि कम्मर, ढाड दुख्ने समस्या निको हुन थालेको बताए।
यो प्रविधि लागू भएपछि अहिले बाथरोगीहरूको उक्त कार्यालयमा दैनिक १५ देखि २० जनासम्मको घुइँचो लाग्ने गरेको छ। बाथरोग वंशाणुगत क्रमले सर्ने भएकाले उपचारपश्चात् बाथरोग पूर्णरूपमा निको हुने वैद्य विक्रम कठायतले जानकारी दिए। बाथरोगका बिरामीलाई निको पार्न करिब चार हप्तादेखि एक वर्षसम्म समय लाग्न सक्ने उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण