Health TV Online
Health TV Online

नोभामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नोभामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुर:  ललितपुरको थसिखेलमा रहेको नोभा इन्टरनेशनल डाइग्नोष्टिकमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। नेपालकै पहिलो वंशाणुगत रोग सम्बन्धी ल्याबले सर्वसाधारणलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।

एक दिने उक्त स्वास्थ्य शिविर जनरल चेक अप एवं स्त्री रोगमा केन्द्रित गरिएको थियो। यसका साथै आवश्यक सबै जाँचमा विशेष छुट समेत प्रदान गरिएको थियो।

ल्याबकी वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले एक दिने स्वास्थ्य शिविरबाट दुई सय बढी सर्वसाधारण लाभान्वित भएको बताएकी छिन्। डा ठाकुरले अझै पनि धेरै जना रोग लागेर लक्षण नदेखिएसम्म जाँच गर्न अस्पताल नजाने गरेको भन्दै सेन्टरले आगामी दिनमा पनि यस्ता शिविरहरुको आयोजना गर्ने बताएकी छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार