यसकारण नियमित गरौँ योग
शारीरिक व्यायाम तथा विभिन्न आसनहरूको माध्यमबाट स्वास्थ्य समस्या रोकथाम गर्न सकिने प्रभावकारी उपचार विधि हो, योग । यसको सहयोगले कुनै पनि रोग लाग्दैन र र लागिसकेका रोगसमेत औषधिको प्रयोगविनै निर्मूल गर्न सकिन्छ । लाखौँ मानिसको दैनिक क्रियाकलाप समेत बनिसकेको योग जुनसुकै उमेर समूहका मानिसले पनि सजिलै गर्न सक्छन्।
योगका विभिन्र आसनहरू छन् जसका कुनै बेफाइदा वा नकारात्मक असर छैनन् । तर कुन रोग वा कुन समस्याका लागि के आसन गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ। सामान्य जानकारी नलिई योग गर्दा समस्या पनि आउनसक्छ।
योगका फाइदा
– शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिन्छ ।
– नसर्ने रोगहरुको रोकथाममा प्रभावकारी तथा रोग लागिसकेपछि निर्मूल पार्न सकिन्छ ।
– यो जीवनशैली व्यवस्थापनमा सहयोगी छ।
– डर, चिन्ता, तनाव एवं मानसिक विकारबाट छुटकारा मद्दत गर्छ ।
– आधुनिक जीवनशैलीका कारण निम्तिएका विभिन्न रोगहरूले गर्दा परेको आर्थिक भार न्यूनीकरण गर्न सकिन्छ ।
– स्थान र समयका हिसाबले पनि पायक पर्ने किसिमले अपनाउन सकिन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा