कानूनको खिल्ली : निषेध गरिएको सूचनाकै तल बसेर चुरोट सेवन गर्छन सेवनकर्ता, हुँदैन कारवाही
काठमाडाैं: नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन आएको आठ वर्ष बितिसकेको छ। उक्त ऐनले सार्वजनिक स्थल, जस्तै– अस्पताल, विद्यालय, कलेज, बसपार्क, बाल उद्यान, धर्मशाला लगायतका स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ।
तर अरु त कुरा छोडौँ, अस्पतालको गेटैमा धमाधम चुरोट बेच्ने मात्र होइन बिरामी भेट्न आउने आगन्तुदेखि पैदल यात्रुले त्यहीँ किन्छन् र चुरोट सल्काउँदै धुँवा उडाउँदै हिँड्छन्। न कसैले वास्ता गर्छ नत कारवाही नै ।
वीर अस्पतालमा भेटिएका उनी त प्रतिनिधी उदाहरण मात्र हुन्। अधिकांस अस्पतालको छेवैमा चुरोट बेचिन्छ र सेवन गरिन्छ । तर सम्बन्धित निकायको आँखा पुग्न सकेको छैन् । जबकि अस्पताल स्वयंले यस्ता व्यक्तिलाई त्यहाँबाट निकाल्न सक्ने र सजाय दिन सक्ने ऐनमा उल्लेख छ।
शुक्रवार वीर अस्पतालको गेटैमा रहेको एक नाङ्लाे पसलमा एक जना व्यक्तिले चुरोट किने र त्यही बसेर मजाले एक खिल्ली चुरोट सके अनि आफ्नो बाटो लागे । उनलाई यो पनि हेक्का छैन की उनी उभिएकै पछाडी ठुलो सूचना टाँस गरिएको छ र लेखिएकाे छ ‘यस सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ -चुरोट, बिंडी खैनी खान निषेध गरिएको छ । सेवन गरेमा कानून बमोजिम कारवाही गरिनेछ ।’

उनी त प्रतिनिधी उदाहरण मात्र हुन्। अधिकांस अस्पतालको छेवैमा चुरोट बेचिन्छ र सेवन गरिन्छ । तर सम्बन्धित निकायको आँखा पुग्न सकेको छैन । जबकि अस्पताल स्वयंले यस्ता व्यक्तिलाई त्यहाँबाट निकाल्न सक्ने र सजाय दिन सक्ने ऐनमा उल्लेख छ।
ऐनअनुसार सार्वजनिक स्थलको १०० मिटरभित्र सुर्तीजन्य पदार्थ किनबेच गर्न पाइँदैन। अस्पतालमा यस्ता सूचना त राखिएका छन्। तर त्यही सूचना टाँसिएको स्थानमै यस्ता पसलहरू छन् भने त्यही उभिएर चुरोट सेवन गर्ने गर्छन सेवनकर्ता।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण