Health TV Online
Health TV Online

उच्च अदालतको आदेशसँगै निदान अस्पतालका सीईओ लगायत पाँचै जना रिहा

उच्च अदालतको आदेशसँगै निदान अस्पतालका सीईओ लगायत पाँचै जना रिहा

काठमाडौं:  मिर्गौला प्रत्यारोपण काण्डमा जेल परेका निदान अस्पतालका सिईओ र मेडिकल डाइरेक्टर सहित पाँच जनालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

अदालतको आदेशपछि अस्पतालका सीईओ विपेन्द्र प्रधान, डा राजेश पन्त, अस्पतालका कानूनी सल्लाहकार कुमुद भट्टराई,जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरमान लामा बिहिबार रिहा भएका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीश न्यायाधीश टेकनारायण कुँवर र नकुल सुवेदी को संयुक्त इजलाशले दिएको आदेशमा मिर्गौैला ग्रहण गर्ने विरामी लामालाई १० लाख, कानूनी सल्लाहकार भट्टराईलाई ९ लाख र अस्पतालका सिईओ प्रधानसंग ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो । डा पन्त र शाखा अधिकृत आलेलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ ।

मिर्गौला प्रत्यारोपण गर्नकै लागि नक्कली भान्जा खडा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले गत असोजमा अस्पतालका सीईओ प्रधान र डाक्टर सहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला अदालत पाटनले २७ कात्तिकमा पूर्पक्षका लागि जेल चलान गरेको थियो ।

यसका विरुद्ध उनीहरुका परिवारले उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको बिहिबार फैसला भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार