Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु प्रतिरोधी ब्याक्टेरिया प्रयोग गर्दै श्रीलंका

डेंगु प्रतिरोधी ब्याक्टेरिया प्रयोग गर्दै श्रीलंका

श्रीलंकाले डेंगु निर्मूल गर्न विशेष प्रकारको ब्याक्टेरिया प्रयोग गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले सरकारले अब डेंगु संक्रमण रोक्न विशेष प्रकारको ब्याक्टेरिया प्रयोग तथा परीक्षण गर्न लागेको उल्लेख गरेका छन्।

‘डेंगु संक्रमण रोक्न ‘वोल्बाचिया’ नामक एक प्रकारको ब्याक्टेरियालाई कोलम्बोका नगर क्षेत्रमा सन् २०२० को फेब्रुअरीदेखि छोडिनेछ’, मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भने, ‘नगरका घरहरूमा लामखुट्टेका फुल र फुड क्याप्सुल पानीमा दुई हप्तासम्म बन्द गरिनेछ।’ यसबाट वयस्क लामखुट्टे पैदा हुने र तिनीहरूलाई डेंगु प्रतिरोधी ब्याक्टेरिया फैलाउन खुलास्थानमा छोडिने उनले बताए।

विश्व लामखुट्टे नियन्त्रण कार्यक्रमका अनुसार ‘वोल्वाचिया’ ले लामखुट्टेको भाइरस संक्रमण गर्ने क्षमतालाई कमजोर पारिदिने गर्छ। यसका कारण लामखुट्टेबाट मानिसमा भाइरस सङ्क्रमण हुने र आत्मनिभरतामा व्यापक मात्रामा वृद्धि हुन्छ। ‘वोल्बाचिया’ ले लामखुट्टेबाट सर्ने डेंगु, एलो फेवर र जाइकाजस्ता भाइरसहरूसँग लड्छ र भाइरस संक्रमण गर्ने क्षमतालाई कम गर्छ।

सन् २०१७ मा श्रीलंकामा एक लाख ८६ हजार १०१ जनालाई डेंगु संक्रमण भएको थियो भने ३२० जनाको मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण एकाइका अनुसार सन् २०१९ संक्रमण भएर अस्पताल पुग्नेको संख्या ८६ हजार ४८४ छ ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन