Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क स्वास्थ्य शिविरमा ५०० जनाले गराए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरमा ५०० जनाले गराए परीक्षण

पाल्पा : रामपुर नगरपालिकाले आयोजना गरेकाे दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०० जना भन्दा बढीले सेवा लिएका छन्।

शिविरमा ५०७जनाले मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सरसम्बन्धी सेवा प्रदान गरिएको छ। नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाका अनुसार बुधबार सम्पन्न शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गराएका ३४८ मध्ये १३१ मा पाठेघरसम्बन्धी संक्रमण देखिएकाे छ। उनीहरूलाई औषधि वितरण गरिएको छ।

त्यस्तै पाठेघर खस्ने समस्या देखिएका ३१ मध्ये पाँचको शल्यक्रिया गर्नुपर्ने र २६ जनामा रिङ राख्नुपर्ने देखिएकाे छ। क्यान्सरको जोखिममा रहेका एक जनालाई आवश्यक उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको छ।

यसैगरी स्तन परीक्षण गरिएको दुई सयमध्ये नौ जनामा असामान्य अवस्था देखिएपछि थप उपचारका लागि सल्लाह दिइएको छ। मुखको जाँच गरिएको एक सय ७८ मध्ये आठको अवस्था उच्च जोखिममा रहेको र त्यसमध्ये दुईजनामा क्यान्सर हुनसक्ने सम्भावना देखिएकालेथप उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन सल्लाह दिएको संयोजक ढुङ्गानाले जानकारी दिए।

शिविरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीसहितको टोलीले सेवा दिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन