वकिलहरूले गरे अस्पतालमा तोडफोड, उपचार नपाउँदा तीन बिरामीको मृत्यु
पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरूको तोडफोडका कारण कम्तीमा बिरामीको मृत्यु भएको छ।
वकिलहरूको समूहले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर तीन बिरामीको मृत्यु भएको हो।
त्यहाँका एक जना डाक्टरले वकिल साथीलाई आक्रमण गरेको बदलामा उनीहरुले बुधबार अस्पतालमा तोडफोड गरेका हुन्। ठूलो संख्यामा आएका वकिलहरूले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा आगजनी गरेको बीबीसी हिन्दीले जनाएको छ।
यस क्रममा ४० वकिल पक्राउ परेकाे जनाइएकाे छ। वकिलहरूको आक्रमणपछि बिरामीहरूलाई अन्य अस्पतालमा लगिएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा