Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अष्ट्रेलियामा प्रदूषण नियन्त्रण गर्न माग गर्दै प्रदर्शन

अष्ट्रेलियामा प्रदूषण नियन्त्रण गर्न माग गर्दै  प्रदर्शन

अष्ट्रेलियाको राजधानी सिड्नीमा बुधबार हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन्। प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरेको बताएका छन्।

प्रदर्शनमा झण्डै पाँच हजार सहभागी भएका थिए भने प्रदूषण नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक हुँदै गएको र धरै मानिसलाई असर पार्न थालेको प्रदर्शनमा सहभागीहरूको भनाइ छ।

पछिल्लो समयमा अस्पतालमा आउने बिरामीमध्ये वायु प्रदूषणका कारण बिरामी भएर आउनेहरूको संख्या २५ प्रतिशतले वृद्धि भएको बताइएको छ।

मंगलबार प्रदूषणको मात्रा पनि बढेर अत्यधिक धेरै भएको विज्ञ तथा सरकारी अधिकारीहरूले बताएका छन्। प्रदूषणले बढी असर पर्ने भन्दै बालबालिका र वृद्धवृद्धालाई भएकाले सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

प्रदूषणको असर न्यून गराउन भन्दै केही दिन अगाडि विद्यालय तथा केही कार्यालयसमेत बन्द गरिएको थियो। प्रदर्शनकारीहरूले बढी प्रदूषण गराउने प्रकारका सवारी साधनहरू चल्न नदिन र प्रदूषण नियन्त्रणका अन्य उपायहरू अपनाउन पनि आग्रह गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन