Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्याङ्जामा सुरक्षित गर्भपतन गराउने बढे

स्याङ्जामा सुरक्षित गर्भपतन गराउने बढे

स्याङ्जा : जिल्लामा सुरक्षित रूपमा गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भएको छ। पाँच नगरपालिका र छ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जाका २० स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध छ।

तालिमप्राप्त चिकित्सक तथा नर्सद्वारा गरिने गर्भपतनलाई सुरक्षित मानिन्छ’, गराइएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भने, ‘कार्यालय प्रमुख शर्माले भने, ‘जिल्लाका २० वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने त्यहाँ तालिमप्राप्त चिकित्सक तथा नर्सहरूले सेवा दिँदै आएका छन्।’

सूचीकृतबाहेक जिल्लाका अन्य निजी क्लिनिकमार्फत असुरक्षित गर्भपतन गराउने क्लिनिकलाई विगतमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनपछि कारवाही गरिएको बताएको छ। त्यसैले पनि सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

गर्भ निरोधका साधनको प्रयोगमा विस्तारै पहुँच बढ्दै जानु, त्यसबारे चेतनाको स्तर वृद्धि हुनु, जिल्लाका पायक पर्ने स्थानका स्वास्थ्य संस्थामा दिइने सेवा प्रभावकारी र गोपनीय हुनुले सुरक्षित गर्भपतन गराउने बढेको बताइएको छ ।

स्याङ्जाका ११ पालिकाका २० वटा स्वास्थ्य संस्थाका पाँच स्वास्थ्य संस्थामा १२ हप्तासम्मको र पन्ध्र वटामा नौ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि