Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्सिङ संघमा मन कुमारी राई नेतृत्वको प्रगतिशील समूहले सार्वजनिक गर्‍यो १९ बुँदे घोषणापत्र

नर्सिङ संघमा मन कुमारी राई नेतृत्वको प्रगतिशील समूहले सार्वजनिक गर्‍यो १९ बुँदे घोषणापत्र

काठमाडौं : नेपाल नर्सिङ संघको निर्वाचनमा उम्मेदवारी घोषणा गर्दै प्रगतिशिल समूहले १९ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानलले घोषणा पत्र जारी गरेको हो । प्रगतिशिल समुहले आफ्नो घोषणा पत्रमा नसिंङ पेशालाई मर्यादित बनाउन लागिपर्ने, नर्सलाई गरिने विभेद  र शाेषण हटाउन पहल गर्ने, सुत्केरी भएको २ वर्ष सम्म नाइट ड्युटी गर्न नलगाउन पहल गर्ने, वरिष्ठताको आधारमा स्वास्थ्य संस्था प्रमुख नर्सलाइ बनाउन पहल गर्ने, विद्यालय नर्स कार्यक्रमलाई देशभर पुर्याउने लगायतका प्रतिवद्धता सार्वजनिक गरेको छ ।

घोषणापत्र जारी गर्दै अध्यक्षकी उम्मेदवार प्रा मन कुमारी राईले आफूले सम्पूर्ण नर्सको हितमा काम गर्न उम्मेदवारी दिएको बताइन्। उनले नर्सिङ क्षेत्रमा भएको कमी कमजोरी हटाउन र उनीहरुको हक हितमा काम गर्न आफू सक्षम भएको पनि दावी गरिन्। यसमा सबैको साथको आशा गरेको पनि उनले जीकिर गरिन्।

संघको आसन्न निर्वाचनका लागि अध्यक्ष राईको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानियाँ, महासजिवमा नर्बदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी सदस्यहरुमा विजया अधिकारी, हरिप्रसाद कोजु, सोनु शेर्पा, सपना विक, अन्जु कमाुरी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसीले उम्मेदवारी दिएका छन् ।

संघको १९ औं कार्यसमितिको लागि आउँदो पुष ९ गते चुनाव हुँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि