Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला

अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला

काठमाडौं : स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी कार्यशाला शुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत संस्थाको आयोजनामा मंगलबार शुरु भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, स्थास्थ्य संस्थाका अधिकारीलगायत गरी ३५० भन्दा बढीको सहभागिता छ।

कार्यशालामा विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग जिआइजेड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, युनिसेफ, वाटर एड, एसएनभीलगायत संस्थाका प्रतिनिधिको पनि उपस्थिति छ।

कार्यशाला उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या भानुभक्त ढकालले अस्पतालबाट निस्किएको फोहर सार्वजनिक स्थानमा फाल्दा उपचार पाएका बिरामीभन्दा बढीलाई संक्रमण हुने गरेकाले अस्पतालजन्य फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। ‘विभिन्न स्थानमा अस्पताल माग हुने गरेको छ, माग गर्नुअघि त्यहाँ अस्पताल राखिनु वातावरणीय हिसाबले उपयुक्त छ कि छैन भन्ने हेरिँदैन’, उनले भने, ‘अस्पताल बनाउनुअघि वातावरणीय दृष्टिले ठीक छ\छैन भन्नेबारेमा अध्ययन गर्ने गरौँ।’

मन्त्रालयका सचिव खगराज बरालले अस्पताल खोल्ने बेलैमा फोहर व्यवस्थापन गर्ने विधि भएपछि मात्र स्वीकृति दिने व्यवस्था भए पनि मानिसमा भएको चिन्तनको समस्याले कार्यान्वयन हुननसकेको बताए। विभागका महानिर्देशक डा. रोशन पोखरेलले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि देश सुहाउँदो अन्तरराष्ट्रिय मान्यताप्राप्त विधि तय गर्न सरोकार भएका निकायका प्रतिनिधि बाेलाएर कार्यशाला आयोजना गरिएको बताए।

बिहीबारसम्म चल्ने कार्यशालामा यससम्बन्धमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि सरोकार भएका निकायका प्रतिनिधिले छलफल गर्ने कार्यक्रम छ। दुई दिने छलफलपछि बिहीबार बेलुकी घोषणापत्र जारी गरेपछि कार्यशाला सम्पन्न हुने जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन