प्रभावकारी बन्दै विद्यालयमा योग
दाङ : दङ्गीशरण गाउँपालिका–२ स्थित आधारभूत विद्यालय कौवाघारीमा सञ्चालनमा आएको योग कक्षा प्रभावकारी बनेको छ । उक्त विद्यालयले २०७४ माघदेखि विद्यालयमा योग कक्षा शुरु गरेको योग शिक्षक रोवरबहादुर ढकालले बताए।
कक्षा ३ देखि ५ सम्मका २० विद्यार्थीले योग कक्षा लिइरहेका छन्। योग कक्षा सञ्चालनमा आएपछि विद्यार्थीलाई सहज भएको ढकालको भनाइ छ। ‘पहिले योग किताबमा मात्रै पढाइन्थ्यो। अहिले प्रयोगात्मक नै हुने गरेको छ’, उनले भने, ‘यसले विद्यार्थीलाई निकै फाइदा भएको छ।’
योग कक्षा शुरु भएपछि विद्यार्थीमा स्वास्थ्य, आहारव्यहार, बोली भाषामा समेत परिवर्तन आएको उनको भनाइ छ। योग कक्षा शुरु भएपछि विद्यार्थीको शैक्षिक अवस्थामा पनि सुधार हुँदै गएको प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा