Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रभावकारी बन्दै विद्यालयमा योग

प्रभावकारी बन्दै विद्यालयमा योग

दाङ : दङ्गीशरण गाउँपालिका–२ स्थित आधारभूत विद्यालय कौवाघारीमा सञ्चालनमा आएको योग कक्षा प्रभावकारी बनेको छ । उक्त विद्यालयले २०७४ माघदेखि विद्यालयमा योग कक्षा शुरु गरेको योग शिक्षक रोवरबहादुर ढकालले बताए।

कक्षा ३ देखि ५ सम्मका २० विद्यार्थीले योग कक्षा लिइरहेका छन्। योग कक्षा सञ्चालनमा आएपछि विद्यार्थीलाई सहज भएको ढकालको भनाइ छ। ‘पहिले योग किताबमा मात्रै पढाइन्थ्यो। अहिले प्रयोगात्मक नै हुने गरेको छ’, उनले भने, ‘यसले विद्यार्थीलाई निकै फाइदा भएको छ।’

योग कक्षा शुरु भएपछि विद्यार्थीमा स्वास्थ्य, आहारव्यहार, बोली भाषामा समेत परिवर्तन आएको उनको भनाइ छ। योग कक्षा शुरु भएपछि विद्यार्थीको शैक्षिक अवस्थामा पनि सुधार हुँदै गएको प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार