डोटीका स्वास्थ्यकर्मी आन्दोलनमा
डोटी : सहकर्मी पक्राउ परेको विरोधमा जिल्लाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। प्रहरीद्वारा पक्राउ परेका स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई रिहा गर्न माग गर्दै उनीहरूले आन्दोलन शुरु गरेका हुन्।
गत मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ मा पर्ने खार खोप केन्द्रमा भट्टले डीपीटी पेन्टा खोप लगाएपछि स्थानीय बालक प्रवीण मल्लको मृत्यु भएको थियो। बालकको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
यसको विरोधमा आन्दोलित स्वास्थ्यकर्मीहरूले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन्। उनीहरूले प्रजिअ टेकनारायण पौडेलमार्फत गृह मन्त्रालयका सचिवलाई ज्ञापनपत्रसमेत पठाएका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै