प्रधानमन्त्री ओली फलोअपका लागि अस्पतालमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।
ओली नियमित डायलासिसका लागि साँझ अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री डायलासिस सकेर मंगलबार नै निवास फर्किनेछन्।
‘प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ ७:३० बजेतिर अस्पताल जानुभएको छ’,थापाले भने, ‘डायलासिस सकिएपछि उहाँ आजै अस्पतालबाट फर्किनुहुनेछ।’
यसअघि मंगलबार नै प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए।
एपेन्डिइसाटिसकाे शल्यक्रियापछि १० दिनको अस्पताल बसाइ सकी उनी गत बिहीबार सरकारी निवास बालुवाटार फर्किएका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा