Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली फलोअपका लागि अस्पतालमा

प्रधानमन्त्री ओली फलोअपका लागि अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।

ओली नियमित डायलासिसका लागि साँझ अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री डायलासिस सकेर म‌ंगलबार नै निवास फर्किनेछन्।

‘प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ ७:३० बजेतिर अस्पताल जानुभएको छ’,थापाले भने, ‘डायलासिस सकिएपछि उहाँ आजै अस्पतालबाट फर्किनुहुनेछ।’

यसअघि मंगलबार नै प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए।

एपेन्डिइसाटिसकाे शल्यक्रियापछि १० दिनको अस्पताल बसाइ सकी उनी गत बिहीबार सरकारी निवास बालुवाटार फर्किएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन