नर्भिक अस्पताललाई ‘पिक अफ सक्सेस’ अवार्ड
काठमाडाैं : नर्भिक इन्टरनेसनल हस्पिटलले अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वर्ल्ड कन्फडेरेसन अफ बिजिनेसेस(वर्ल्ड कब) काे पिक अफ सक्सेस (सफलताको शिखर) अवार्ड प्राप्त गरेको छ।
मलेसियाको क्वालालम्पुरमा आयोजित समारोहमा नर्भिकलाई हालै सम्मान प्रदान गरिएको हो। मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले नर्भिकका पदाधिकारीलाई अवार्ड प्रदान गरे।
उक्त समारोहमा नर्भिकलाई वर्ल्ड कब परिवारको प्लेटिनम मेम्बरसमेत प्रदान गरियो। वर्ल्डकबले नर्भिकलाई आगामी दिनमा यसको सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। नवीनतम प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन पार्न हरसम्भव उपायहरू अवलम्बन गर्नेसमेत बताएको छ।
कार्यक्रममा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यावसायिक नेतृत्व नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाका रूपमा समेत सम्मान गरिएको थियो।
सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वर्ल्ड कबको मुख्य उद्देश्य विश्वव्यापीरूपमा मूल्य र मान्यतामा आधारित व्यवसायहरूको प्रवर्धन गर्नु, तिनको पहिचान, सम्मान एवं अगुवा व्यवसाय तथा व्यावसायिक व्यक्तिको साख अभिवृद्धिमा सहयोग पुर्याउनु रहेको छ।
विश्वका १३० भन्दा बढी राष्ट्रमा दि वर्ल्ड कबका तीन हजारभन्दा बढी सदस्य प्रतिष्ठानको सञ्जाल रहेको छ।



ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै