बाँके पुगेर स्वास्थ्य राज्यमन्त्रीले भने, क्यान्सर अस्पतालकाे विवाद चाँडै अन्त्य हुन्छ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको निरीक्षण गरेका छन्।
सोमबार अस्पताल निरीक्षण गर्दै मन्त्री रावतले मध्यपश्चिम र सुदूरपश्चिमका जनताको आशाको केन्द्र रहेको उक्त अस्पताल पूर्ण रूपमा किन सञ्चालन हुन सकेन भन्ने विषयमा चासो राखेका थिए।
स्थानीयको पहलमा शुरु भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पछिल्लो समय अस्तव्यस्त जस्तै बनेको छ। क्यान्सरका लागि विशिष्टीकृत अस्पताल भनिए पनि विशेषज्ञ चिकित्सक एवं दक्ष स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा स्वास्थ्यचौकीमा पाइनेजतिको सेवा पनि नपाएको गुनासो स्थानीय बासिन्दाले गर्दै आएका छन्।
संघअन्तर्गत रहेको अस्पतालमा केन्द्रले खासै चासो दिएको छैन। शुरुमै नाममा विवाद भएको थियो। स्थानीयवासीको पहलमा शुरु भएको अस्पताल नेताको नाममा नराख्न आग्रह गरिएको भए पनि गगन थापा स्वास्थ्यमन्त्री हुँदा सुशील कोइरालाको नाम राख्न दबाब दिइएको थियो। त्यसवेलादेखि नै अस्पतालमा समस्या देखिँदै आएको छ। हाल अस्पतालमा व्यवस्थापन समिति समेत छैन।
निरीक्षणका क्रममा राज्यमन्त्री रावतले अस्पतालमा रहेको विवाद अन्त्य र सहज रूपमा सञ्चालनका लागि सक्दो पहल गर्ने आश्वासन दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित