Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेसनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरूबीच यस्ताे सहमति

नेसनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरूबीच यस्ताे सहमति

काठमाडौं : वीरगञ्जस्थित नेसनल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरूबीच बढी शुल्क फिर्ता गर्ने विषयमा चारबुँदे सहमति भएको छ।

मंसिर १० मा शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरूबीचकाे वार्तापछि  साेमबार चारबुँदे सहमति भएको हाे।

कलेजले शैक्षिक वर्ष २०७५\७६ का पहिलो किस्ता र  अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरूको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन, होस्टल र खानाको कटौती गरेर बाँकी रकम आगामी किस्तामा समायोजन गर्न कलेज सहमत भएको छ। समायोजनको सूची एक सातामा प्रकाशन गर्ने प्रतिबद्धता कलेजले जनाएकाे  छ।

२०७५\७६को हकमा तोकिएको शुल्कबाहेक अरु तत्काल समायोजन र फिर्ता प्रक्रिया सुरु गर्ने सहमति भएको छ। आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले तोकेको शुल्क मात्र दिने र विद्यार्थीले पनि आन्दोलन फिर्ता लिने  सहमति भएको छ।

हेर्नुहाेस् सहमतिपत्र–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि