६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई एक लाख रुपैयाँ
ओखलढुंगा : चम्पादेवी गाउँपालिकाले ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद दिएर विदाइ गर्न थालेको छ।
गत वर्षबाट स्वयंसेविकाको सेवा सुविधाका विषयमा नीतिगत पहल थालेको चम्पादेवीले यसवर्ष गाउँपालिका क्षेत्रभित्र सेवा गरेका १२ स्वयंसेविकालाई प्रतिव्यक्ति एक लाख रुपैयाँसहित दोसल्ला ओढाएर बिदा गरेको हो।
स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर उनीहरूलाई सम्मानसहित बिदाइ गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए।
१५ वर्षसम्म स्वयंसेविका रहेर ६० वर्ष उमेर पुगेकालाई नगदसहित सम्मान गर्ने गाउँपालिकाको नीति रहेको उनले बताए। ‘यस्तो रकम १५ वर्षभन्दा बढी काम गरेका र ६० वर्ष उमेर पुगेकाले मात्रै पाउँछन्’, उनले भने।
गाउँपालिकाले दिएको उक्त रकम बाहेक नेपाल सरकारमार्फत पाउने अन्य सहयोग पनि काम छाडेका स्वयंसेविकाले पाउने जनाइएको छ ।
गत वर्षदेखि नै चम्पादेवीका स्वयंसेविकाले मासिक एक हजार रुपैयाँ पाउँदै आएका थिए। यो वर्ष ५०० रुपैयाँ बढाएर प्रति व्यक्ति मासिक एक हजार ५०० दिन थालिएको छ । चम्पादेवी गाउँपालिकामा ७७ महिला स्वास्थ्य स्वयंसेविका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा