Health TV Online
Health TV Online

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई अमेरिका लग्न चिकित्सकको सुझाव

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई अमेरिका लग्न चिकित्सकको सुझाव

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई उपचारका लागि अमेरिका लग्न उपचारमा संलग्न चिकित्सकहरूले सुझाव दिएका छन्। शरिफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहेका छन्।

शरिफलाई अमेरिकी चिकित्सकको परामर्श लिन उपचारमा रहेका चिकित्सकहरूले सल्लाह दिएको पाकिस्तानको मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले सोमबार जानकारी दिएको हो।

पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उद्धृत गरी द ट्रिबुनले लेखेको छ, ‘पूर्व प्रधानमन्त्रीको मुटुबाट मस्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अवरूद्ध भएकोले उनलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ। तर स्वास्थ्य अवस्थाका कारण शरिफलाई लण्डनबाट अमेरिका लग्न चुनौती छ।’

तीन पटक पाकिस्तानको प्रधानमन्त्री भएका ६९ वर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकमा उपचार सेवा लिइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार