तारकेश्वर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाकाे बिमा
काठमाडौं : तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य र जीवन बिमा गर्ने भएको छ।
नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरूलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बिमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए।
कार्यक्रमबाट नगरपालिकाका १४४ स्वयंसेविका लाभान्वित हुनेछन्। आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस बिमाका लागि १० लाख रूपैयाँ विनियोजन गरी काम अघि बढाएको जनाएको छ।
महिला स्वयंसेविका बिरामी हुँदा एक लाख बराबरको उपचार खर्च बिमाले गर्ने बताइएको छ। नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै चालू आवमा सबै वडामा सञ्चालन गरिने जनाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण