Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तारकेश्वर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाकाे बिमा

तारकेश्वर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाकाे बिमा

काठमाडौं : तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य र जीवन बिमा गर्ने भएको छ।

नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरूलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बिमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए।

कार्यक्रमबाट नगरपालिकाका १४४ स्वयंसेविका लाभान्वित हुनेछन्। आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस बिमाका लागि  १० लाख रूपैयाँ विनियोजन गरी काम अघि बढाएको जनाएको छ।

महिला स्वयंसेविका बिरामी हुँदा एक लाख बराबरको उपचार खर्च बिमाले गर्ने बताइएको छ। नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै चालू आवमा सबै वडामा सञ्चालन गरिने जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन