Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्णरूपमा स्वस्थ नहुँदै काममा फर्किए प्रधानमन्त्री

पूर्णरूपमा स्वस्थ नहुँदै काममा फर्किए प्रधानमन्त्री

काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पताल बसेर गत बिहीबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय हुन थालेका छन्। शल्यक्रियाको १४ दिनमात्रै पुग्दा उनले सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

१४ दिनअघि अचानक स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगी उनको शल्यक्रिया गरिएको थियो। डिस्चार्जकाे समयमा चिकित्सकहरूले उनलाई कम्तीमा साता\१० दिन आराम गर्न सुझाव दिएका छन्। बालुवाटारमै रहे पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमै छन्।

प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरूका बारेमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि परामर्श गरेका थिए। प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन