पूर्णरूपमा स्वस्थ नहुँदै काममा फर्किए प्रधानमन्त्री
काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पताल बसेर गत बिहीबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय हुन थालेका छन्। शल्यक्रियाको १४ दिनमात्रै पुग्दा उनले सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
१४ दिनअघि अचानक स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगी उनको शल्यक्रिया गरिएको थियो। डिस्चार्जकाे समयमा चिकित्सकहरूले उनलाई कम्तीमा साता\१० दिन आराम गर्न सुझाव दिएका छन्। बालुवाटारमै रहे पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमै छन्।
प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरूका बारेमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि परामर्श गरेका थिए। प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण