Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विराटनगरमा सञ्चालनमा आयो ओम वेलनेस अस्पताल

विराटनगरमा सञ्चालनमा आयो ओम वेलनेस अस्पताल

विराटनगर : विराटनगर महानगरपालिका २ मा ओम वेलनेस अस्पताल स्थापना भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार अस्पतालकाे उद्घाटन गरे।

मुख्यमन्त्री राईले स्वस्थ रहन प्राकृतिक जीवनशैली प्राकृतिक चिकित्सा प्रणाली अपनाउनुपर्ने धारणा राखे। प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्नबाट बच्न सन्तुलित आहार र योग गर्न सुझाव दिए।

वेलनेस अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सात करोड ५० लाख रुपैयाँ लागतमा अस्पताल सञ्चालनमा आएको हो। अस्पतालमा उच्च रक्तचाप, मधुमेह, हृदयरोग, पक्षाघात, मेरुदण्ड, नसा तथा जोर्नीका समस्या र माइग्रेनजस्ता शारीरिक समस्याको प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्ने जानकारी कार्यक्रममा दिइयाे।

अस्पतालमा फिजियोथेरापी, मसाज, योग तथा तनाव व्यवस्थापनमा दक्ष चिकित्सकद्वारा सेवा प्रदान गर्ने सञ्चालिका नमिता न्यौपानेले बताइन्। अस्पतालमा  तीन चिकित्सकसहित १० जनाले सेवा प्रदान गर्नेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन