Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आँखा उपचार केन्द्र आफ्नै भवनमा

आँखा उपचार केन्द्र आफ्नै भवनमा

चितवन : नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित रत्ननगर आँखा उपचार केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेको छ। रत्ननगर अस्पतालले उपलब्ध गराएको जग्गामा ५२ लाख रुपैयाँ लागतमा भवन निर्माण गरी सेवा आरम्भ गरिएको हो।

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, नेपाल नेत्रज्योति संघ चितवनका सभापति कृष्णराज धरेल र सेवा फाउण्डेसनका निर्देशक डा. सुजन डिलवडले आइतबार भवन उद्घाटन गरे।

सेवा फाउण्डेसनको २४ लाख रुपैयाँ, संसद् विकास कोषमार्फत प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेको १५ लाख, रत्ननगर नगरपालिका वडा नं. २ को रु चार लाखसहित विभिन्न संघसंस्था र दाताको सहयोगमा पाँच कोठे एकतले भवन निर्माण गरिएको हो।

रत्ननगर आँखा उपचार केन्द्र  २०७२ मा स्थापना भएको हो। सो केन्द्रबाट ठूला शल्यक्रियाबाहेक अन्य सेवा उपलब्ध हुँदै आएको छ। भवन उद्घाटनका अवसरमा निःशुल्क आँखा परीक्षण गरिएको थियो। १७५ जनाको आँखा परीक्षण गरिएको र २७ जनालाई मोतियाबिन्दुको शल्यक्रिया गर्न ल्याइएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि