Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यचौकी भवन बन्याे तर छैनन् स्वास्थ्यकर्मी

स्वास्थ्यचौकी भवन बन्याे तर छैनन् स्वास्थ्यकर्मी

बेझाड(पाल्पा)  : जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ।

सरकारको दुई करोड रुपैयाँ लागतमा २०७३ मा शिलान्यास भएकोदुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो।  पहिलेकाे भवन जीर्ण भएपछि यहाँका स्थानीय, साविक गाविसको सहयोग र समन्वयमा करिब पाँच रोपनी जग्गाभित्र नयाँ भवन बनेको हाे।

याे स्वास्थ्यचौकीबाट करिब पाँच हजार नागरिक लाभान्वित हुनेछन्। यस स्वास्थ्यचौकीमा हाल एक अहेब, एक अनमीसहित चार जना कर्मचारी कार्यरत छन्। सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या परेको छ।

गाउँपालिकाका सात वडामध्ये वडा नं ३, ५ र ७ मा प्रसूति सेवा सञ्चालन हुन सकेको छैन। गाउँपालिकाले आर्थिक वर्ष २०७६\०७७ मा प्रसूति सेवा सञ्चालन नभएका तीनवटै वडामा छिट्टै नै प्रसूति सेवा सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ।

गाउँमा रहेको स्वास्थ्यचौकीबाट प्रसूति सेवा सञ्चालन नहुँदा पैदल करिब डेढ घण्टा हिँडेर मित्याल स्वास्थ्यचौकीमै पुग्नुपर्ने बाध्यता छ।  अब भने नयाँ भवन निर्माण भएसँगै सेवामा सहजता आउने स्थानीयले आशा गरेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि