Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सचिव डा चौधरीले राजीनामा स्वीकृत गरीपाउँ भनी फेरी दिइन् निवेदन

स्वास्थ्य सचिव डा चौधरीले राजीनामा स्वीकृत गरीपाउँ भनी फेरी दिइन् निवेदन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले सरकारले आफनो राजिनामा स्विकार नगेपछि उक्त निर्णयलाई पुनर्विचार गर्न पुन निवेदन दिएकी छिन्।

मन्त्रालयमा काम गर्ने वातावरण नभएको भन्दै डा चौधरीले सचिव पदबाट राजीनामा दिएकी थिइन। तर सरकारले भने उनको राजिनामा अस्वीकृत गरेको थियो। त्यसो त डा चौधरीले विश्व स्वास्थ्य संगठनमा नाम निकालेर सचिव पदबाट राजिनामा दिएकी भए पनि आफूले आकर्षक जागिरकै लागि राजिनामा नदिएको बताउँदै आएकी थिइन।

डा चौधरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटी आफू मन्त्रालय आउन नचाहेको भन्दै राजीनामा स्विकृत गराउन सहयोग गर्न आग्रह गरेकी छिन्। डा चौधरीले कात्तिक ३ गते राजीनामा बुझाएर मन्त्रालय आउन छोडेकी थिइन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन