Health TV Online
Health TV Online

युनिर्भसल मेडिकल कलेज र विद्यार्थीबीच ६ बुँदे सहमति

युनिर्भसल मेडिकल कलेज र विद्यार्थीबीच ६ बुँदे सहमति

काठमाडौं : युनिर्भसल मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच ६ बुँदे सहमति भएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा शनिबार राति  विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको हो।

शैक्षिक वर्ष ०७५\७६ मा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिएबमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने  सहमतिमा उल्लेख छ।

त्यस्तै ०७४\७५ मा विद्यार्थीहरूले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेकाहरूको हकमा त्रिवि रजिस्ट्रेसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकेबमोजिमको रकम कटौती गरी बाँकी रकम समायोजन फिर्ता प्रक्रिया शुरु गर्ने उल्लेख छ।

सहमतिपत्रमा कलेजका तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएन र विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रूद्रनारायण शाह र राजेश पौडेललगायत १५ विद्यार्थीको हस्ताक्षर छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार