युनिर्भसल मेडिकल कलेज र विद्यार्थीबीच ६ बुँदे सहमति
काठमाडौं : युनिर्भसल मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच ६ बुँदे सहमति भएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा शनिबार राति विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको हो।
शैक्षिक वर्ष ०७५\७६ मा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिएबमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने सहमतिमा उल्लेख छ।
त्यस्तै ०७४\७५ मा विद्यार्थीहरूले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेकाहरूको हकमा त्रिवि रजिस्ट्रेसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकेबमोजिमको रकम कटौती गरी बाँकी रकम समायोजन फिर्ता प्रक्रिया शुरु गर्ने उल्लेख छ।
सहमतिपत्रमा कलेजका तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएन र विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रूद्रनारायण शाह र राजेश पौडेललगायत १५ विद्यार्थीको हस्ताक्षर छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण