बलात्कार आरोपमा डाक्टर पक्राउ
रौतहट : महिलालाई बलात्कार गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्। यमुनामाई गाउँपालिका, सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय डा. सुधीरकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
गत बुधबार चितवनबाट रौतहट घुम्न आएकी ३० वर्षीया महिला घर फर्किने क्रममा गौर बसपार्कमा बस कुरिरहेकी थिइन्। डाक्टर सिंहले चितवन जाने बस चढाइदिने भन्दै उनलाई मोटरसाइकलमा राखेर सरुअठा हेल्थपोस्ट लगेका थिए।
त्यहीा रातभर थुनेर आफूलाई चरम यातना दिएको र बलात्कार गरेको भन्दै ती महिलाले भोलिपल्ट महिला अधिकारवादी संघसंस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीको आधारमा शुक्रबार डाक्टर सिंहलाई पक्राउ गरी आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए।
पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै