Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बलात्कार आरोपमा डाक्टर पक्राउ

बलात्कार आरोपमा डाक्टर पक्राउ

रौतहट : महिलालाई बलात्कार गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्। यमुनामाई गाउँपालिका, सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय डा. सुधीरकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

गत बुधबार चितवनबाट रौतहट घुम्न आएकी ३० वर्षीया महिला घर फर्किने क्रममा गौर बसपार्कमा बस कुरिरहेकी थिइन्। डाक्टर सिंहले चितवन जाने बस चढाइदिने भन्दै उनलाई मोटरसाइकलमा राखेर सरुअठा हेल्थपोस्ट लगेका थिए।

त्यहीा रातभर थुनेर आफूलाई चरम यातना दिएको र बलात्कार गरेको भन्दै ती महिलाले भोलिपल्ट महिला अधिकारवादी संघसंस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीको आधारमा शुक्रबार डाक्टर सिंहलाई पक्राउ गरी आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन