डाक्टर लाइसेन्स परीक्षा : एमबीबीएसतर्फ ४९%, बीडीएसमा ४२% उत्तीर्ण
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएकाे चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा एमबीबीएसतर्फ ४९ र बीडीएसतर्फ ४२ प्रतिशत उत्तीर्ण भएका छन्।
एमबीबीएस र बीडीएस परीक्षामा कुल १६ सय ३२ जना सहभागी भएका थिए। तीमध्ये एमबीबीएसमा ५१ र बीडीएसमा ५८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका हुन्।
एमबीबीएसमा अघिल्लो परीक्षाको तुलनामा योपटक २९ प्रतिशत कम उत्तीर्ण भएका छन्। तर बीडीएसमा भने ३ प्रतिशत सुधार देखिएको काउन्सिलले जनाएको छ।
काउन्सिलले शनिबार परीक्षा लिएको थियाे।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा