Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालुवाटार पुगी उपराष्ट्रपतिले लिए प्रधानमन्त्रीकाे स्वास्थ्यबारे जानकारी

बालुवाटार पुगी उपराष्ट्रपतिले लिए प्रधानमन्त्रीकाे स्वास्थ्यबारे जानकारी

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी उनकाे स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।

शुक्रबार बिहान ‍९ बजे बालुवाटार पुगेका पुनले प्रधानमन्त्री ओलीसँग भेट गरी स्वास्थ्यअवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरे।

बिहीबार अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आराम गरिरहेका छन्। उनले निवासमै पुग्नेहरूसँग भेटघाट तथा कुराकानी गर्ने गरेकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएकाे थियाे। १० दिन अस्पतालमा रही उनी  बिहीबार डिस्चार्ज भएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि