Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य स्वयंसेविकालाई सम्मान

स्वास्थ्य स्वयंसेविकालाई सम्मान

लमजुङ : बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले तीन स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। मातृशिशु स्वास्थ्यको क्षेत्रमा सक्रिय भई काम गरेको भन्दै तीन स्वयंसेविकालाई शाखाले सम्मान गरेको हो।

१६ औँ महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा बेसीशहर नगरपालिका ७ भलुवाटारकी सरस्वती पौडेल, वडा नं. ८ शेराकी इन्द्र अर्याल र वडा नं.९ सुशीला अधिकारीलाई  बिहीबार स्वास्थ्य कार्यालय लमजुङमा कार्यक्रम गरी दोसल्लासहित सम्मान गरेको हो।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मनोज बोहोराले निस्वार्थ भावनाले लागेका स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले नै आमा र बच्चामा स्वास्थ्य सुरक्षित भइरहेकाे बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि