Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वर्षाैँपछि आँखाको ज्योति पाउँदा…

वर्षाैँपछि आँखाको ज्योति पाउँदा…

महोत्तरी : ‘बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक’ (लाग्थ्यो, बुढ्यौली उमेर नर्क बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ)’, केही दिनअघि शल्यक्रियापछि पुनः आँखाको ज्योति पाएका गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानकाे भनाइ हाे याे।

मोतियाविन्दु भएर पछिल्ला पाँच\छ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चलेका पासवान गत कात्तिक २७ गते शल्यक्रिया सम्पन्न भएयता भने अब आफैँ हिँड्डुल गर्न सक्ने भएका छन्। ‘नई सोचल सुख हमराई बुढारीमें भेटल (मैले नसोचेको सुख यो बुढ्यौलीमा पाएँ)’, पासवानले भने।

पासवानजस्तै जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्नाकी ७० वर्षीया जितनीदेवी थारू र औरही नगरपालिका–१ दलित बस्तीकी ६० वर्षीया चोल्हियादेवी महरासहित ८३१ जनाले गुमेको आँखाको ज्योति पाएका छन्। पछिल्लोपटक हिमालयन आई केयर फाउण्डेशन भक्तपुरको सहकार्यमा बर्दिवास आँखा अस्पतालले जिल्लाका ग्रामीण भेगलाई लक्ष्य गरी सन् २०१९ को मार्चदेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचारको प्रबन्धले अहिलेसम्म जिल्लाका ८३१ जनाले शल्यक्रियाबाट गुमेको आँखाको ज्योति पाएका हुन्।

जिल्लाका ग्रामीण भेगका गरीब बस्तीमा मोतियाविन्दुका बिरामी धेरै भेटिएपछि उनीहरूको उपचारका लागि हिमालयन आई केयर फाउण्डेशनसँग सहकार्य गरेर गत मार्चदेखि हालसम्म ८३१ को शल्यक्रिया गरिएको बर्दिवास आँखा अस्पतालले जनाएको छ। तीमध्ये ७५५ जनाको मोतियाविन्दु र ७६ को आँखामा मासु पलाएको समस्या रहेको बर्दिवास आँखा अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताए।

जिल्लामा आँखाका बिरामीको पहिचान गर्न गत मार्चयता हालसम्म विभिन्न ३७ ठाउँमा आँखा जाँच शिविर सञ्चालन गरिएको छ। शिविरमा जम्मा सात हजार ३५३ को आँखा जाँच गरिएमध्ये एक हजार २४४ जनामा शल्यक्रिया गर्नुपर्ने पाइएको अध्यक्ष पौडेलले जानकारी दिए।

शल्यक्रिया गरिनुपर्नेमा एक हजार ७९ मोतियाविन्दु, १४४ आँखामा मासु पलाएका र २१ जलविन्दुका बिरामी पाइएको अस्पतालले जनाएको छ। यो संख्यामध्ये ८३१ को शल्यक्रिया सम्पन्न भएर अब ४१३ को बाँकी छ।

शल्यक्रिया सीटी आई केयर अस्पताल भक्तपुरमा कार्यरत आँखा चिकित्सक डा. लीलाराज पुरी, डा. अर्जुन श्रेष्ठ र डा दीपक खड्काले बर्दिवास आँखा अस्पतालमा गर्दै आएका छन्। एक हजारको शल्यक्रिया गरिने हिमालयन आई केयर फाउण्डेशनसँगको सम्झौताअनुसार त्यस्ता बिरामीको सङ्ख्या २४४ ले बढेको छ। यो संख्याको निःशुल्क शल्यक्रियाका लागि सम्बन्धित स्थानीय तह र अन्य सहयोगी निकायको खोजी भइरहेको बर्दिवास आँखा अस्पतालले जनाएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन