Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. प्रियंका ‘बलात्कार र हत्या’काण्डका चार अभियुक्त ‘इन्काउण्टर’ मा मारिए

डा. प्रियंका ‘बलात्कार र हत्या’काण्डका चार अभियुक्त ‘इन्काउण्टर’ मा मारिए

भारतको हैदरावादमा पशुचिकित्सकलाई बलात्कार गरी जलाएको घटनामा चार अभियुक्तलाई भारतीय प्रहरीले मारिदिएको छ।

कुख्यात बलात्कार काण्डमा पक्राउ परेका चारअभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो। तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरूलाई ‘इन्काउन्टर’ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरूलाई तेलङ्गना प्रहरीले गोली हानेको हो।

आफूहरूमाथि आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरू मारिएको प्रहरीले बताएको छ। २८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो।

अनुसन्धानका क्रममा प्रियंकामाथि बलात्कार भएको पत्ता लागेको थियो। यो घटनापछि उनीहरूलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो।

न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारेकाे हो।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन