प्रधानमन्त्रीको उपचार खर्च २ लाख ५५ हजार रुपैयाँ!
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा रहँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ शुल्क उठेको निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार शल्यक्रिया, आईसीयू, शय्या र औषधि उपचारको खर्च हो।
सेन्टरमा आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ। प्रधानमन्त्रीलाई सामान्य नागरिकसरह नै शुल्क लिएको अस्पतालले जनाएको छ।
१० दिनअघि यहाँ ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।
यसअघि मिर्गौला उपचारका लागि दुईपटक सिंगापुर जाँदा उपचार खर्च सार्वजनिक नगरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण