Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे ३ बजे उनी डिस्चार्ज भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भएको निष्कर्षसहित चिकित्सकहरूले ओलीलाई डिस्चार्जको निर्णय लिएका हुन्। उपचारमा संलग्न डा. अरुण सायमीले रगतलगायत विभिन्‍न परीक्षणको पछिल्लो रिपोर्ट आइसकेकाले डिस्चार्जको निर्णय लिएको जानकारी दिए।

बिहीबार बिहान बसेको चिकित्सकहरूको बैठकले साँझसम्म डिस्चार्ज गर्न सकिने निष्कर्ष निकालेको थियो। उनलाई अरु केही दिन आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए। डिस्चार्ज हुनुअघि बिहीबार नै ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालमै भेटेकी थिइन्।

१० दिनअघि मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री मिर्गौलारोगीसमेत हुन्। अस्पताल बसाइको अवधिमा दुईपटक डाइलासिससमेत गरिएको थियाे।

अस्पतालले जारी गरेकाे विज्ञप्ति

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार