रामपुर अस्पतालमा भिडियो एक्सरे सेवा अवरुद्ध
पाल्पा : कालीगण्डकी बेँसी क्षेत्रका दुई प्रदेशका चार जिल्लाका बिरामीले सेवा लिने रामपुर अस्पतालमा भिडियो एक्सरे सेवा अवरुद्ध छ।
अस्पतालमा दैनिक दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरे पनि रेडियोलोजिष्ट चिकित्सकको अभावमा सेवा दिन नसकेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकार गरे।
‘अस्पतालमा भिडियो एक्सरेको पुरानो मेसिन त छ तर त्यससम्बन्धी डाक्टर नहुँदा समस्या छ’, उनले भने। डिजिटल भिडियो एक्सरे मेसिनका लागि प्रदेश ५ को सरकारमा निवेदन दिएको उनले बताए।
पाल्पासँगै स्याङ्जा, तनहुँ, र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा अस्पतालमा भिडियो एक्सरे सेवा नहुँदा बिरामीलाई तानसेन तथा बुटवल र पोखरा जानुपर्ने बाध्यता छ।
रामपुर नगरपालिका वडा नं. १० का बोधराज भण्डारीले यस क्षेत्रको ठूलो अस्पतालमा त्यति टाढाबाट आएर सेवा लिन खोज्दा भिडियो एक्सरे सेवा नभएकाले खर्च गरेर ६५ किलोमिटर दूरी पार गरी तानसेन प्रभास जान समस्या भएको गुनासो गरे।
रामपुर तिलकपुरका हुमबहादुर कुमालले पनि स्वास्थ्य बिमा गराइए पनि भिडियो एक्सरेका लागि निजी क्लिनिकमा जानुपर्ने समस्या समाधानका लागि अस्पतालका सरोकार पक्षले चिकित्सकलाई टिकाइराख्ने वातावण मिलाउन सुझाव दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा