बच्चा जन्माउनेभन्दा गर्भपतन गर्ने धेरै
पर्वत : जिल्लामा गत वर्ष बच्चा जन्माउनेभन्दा गर्भपतन गराउने बढी रहेकाे देखिएकाे छ। सरकारी तथ्यांकअनुसार गतवर्ष ९०१ जना सुत्केरी भएका थिए भने ९७२ महिलाले गर्भपतन गराएका थिए।
याे संख्या जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थाकाे रहेकाे जनस्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। यसबाहेक पनि असुरक्षित तरिकाले गर्भपतन गराएकाे हुनसक्ने उनले बताए।
जिल्लामा परिवार नियोजनका अस्थायी साधनको प्रयोगको अवस्था निकै न्यून रहेको छ। पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको बताए। गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। डा. देवकोटाका अनुसार पर्वतमा अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ।
अस्थायी परिवार नियोजनका साधन कण्डाेम, पिल्स, इनप्लान्ट, संगिनी सुईको सर्वसुलभ व्यवस्था भए पनि प्रयोगकर्ताले झञ्झट मान्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने डा. देवकाेटाले बताए। सकेसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग गर्न डा. देवकोटाले सुझाव दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित