औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले बोलायो तत्कालीन महानिर्देशक सिंहलाई
काठमाडौं :बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई डाकेको छ। आयोगले डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो ।
आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नम्बर २ मा सम्पर्क गर्न निर्देशन दिएको छ। उपस्थित नभए कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडाले आर्थिक वर्ष ०७२\७३ र ०७३\७४ मा निःशुल्क वितरण गर्ने औषधि खरिद गरेको थियो । ती वर्ष औषधि खरिदका लागि छुट्याइएको विनियोजित बजेट खर्च गर्दा अनियमितता भएको उजुरी परेको छ।
डा. सिंह घुस रकमसहित आयोगको टोलीद्वारा पक्राउ पनि परेका थिए। कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाउने नाममा कर्मचारीहरूसँग घुस लिएको आरोपमा गत २०७४ साउन ९ गते उनी पक्राउ परेका हुन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा