Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अस्पतालमै बसेर स्वास्थ्यलाभ गर्ने भएका छन्।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्रीले केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।

अस्पतालमा भन्दा सरकारी निवास बालुवाटार गएरै आराम गर्ने मनसाय व्यक्त गरेपछि प्रधानमन्त्रीलाई बुधबार साँझ वा बिहीबार बिहानसम्म डिस्चार्ज गर्ने तयारी चिकित्सकहरूले गरेका थिए। तर अस्पतालमै उपचार सहज हुने भन्दै केही दिन त्यहीँ राख्ने निर्णय गरेको चिकित्सकहरूले बताएका छन्।

उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ। यही म‌ंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि