प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अस्पतालमै बसेर स्वास्थ्यलाभ गर्ने भएका छन्।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्रीले केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।
अस्पतालमा भन्दा सरकारी निवास बालुवाटार गएरै आराम गर्ने मनसाय व्यक्त गरेपछि प्रधानमन्त्रीलाई बुधबार साँझ वा बिहीबार बिहानसम्म डिस्चार्ज गर्ने तयारी चिकित्सकहरूले गरेका थिए। तर अस्पतालमै उपचार सहज हुने भन्दै केही दिन त्यहीँ राख्ने निर्णय गरेको चिकित्सकहरूले बताएका छन्।
उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ। यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त