Health TV Online
Health TV Online

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चिकित्सकको परामर्शपछि

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चिकित्सकको परामर्शपछि

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाहमा उचित समयमा मिर्गौला प्रत्यारोपण  गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको डाइलासिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रममा छ’, उनले भने, ‘मिर्गौलाको आवश्यकता अनुसार डाइलासिसको प्रक्रिया पनि जारी छ। यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ।’

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरूले बताएका छन्। यही मंसिर १० गते उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार