Health TV Online
Health TV Online

चार मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिस्कार, प्रवेशपत्र जलाइयो

चार मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिस्कार, प्रवेशपत्र जलाइयो

काठमाडौं : मेडिकल कलेजहरूले लिएको बढी शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्।

नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययनरत विद्यार्थीहरूले परीक्षा बहिस्कार गरेका हुन्। चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेशपत्र नै जलाएका छन्।

गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौतापत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमतिप्रति आपत्ति जनाउँदै उनीहरूले परीक्षा बहिस्कार गर्ने निर्णय गरेका हुन्।

उक्त सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरूले परीक्षा बहिस्कार गरेका हुन्। परीक्षा बिहीबार हुँदैछ ।।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन