चार मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिस्कार, प्रवेशपत्र जलाइयो
काठमाडौं : मेडिकल कलेजहरूले लिएको बढी शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्।
नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययनरत विद्यार्थीहरूले परीक्षा बहिस्कार गरेका हुन्। चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेशपत्र नै जलाएका छन्।
गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौतापत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमतिप्रति आपत्ति जनाउँदै उनीहरूले परीक्षा बहिस्कार गर्ने निर्णय गरेका हुन्।
उक्त सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरूले परीक्षा बहिस्कार गरेका हुन्। परीक्षा बिहीबार हुँदैछ ।।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा