Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खाेप लगाएकै दिन बालककाे मृत्यु

खाेप लगाएकै दिन बालककाे मृत्यु

डोटी : जोरायल गाउँपालिका–१, घण्टेश्वर खारमा खोप लगाएकै दिन बालककाे एक मृत्यु भएकाे छ। खाेपकै कारण बालक पुष्कर मल्लको मृत्यु भएको परिवारकाे भनाइ छ। घण्टेश्वर स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु नभएको दाबी गरेको छ।

मंगलबार दिउँसो डीपीटी पेन्टा, एफआईपीभी खोप लगाइएका  र पोलियो थोपा खुवाइएका पुष्करको राति सुतेकै अवस्थामा मृत्यु भएको थियो। खोपकै कारण बालककाे मृत्यु भएको उनको हजुरबुबा टेकबहादुरले दाबी गरे।

स्वास्थ्यचौकीले भने खोपका कारण बालकको मृत्यु भएको परिवारको दाबीको खण्डन गरेको छ। स्वास्थ्यचौकीका इन्चार्ज हिरा भट्टले खोपका कारण भए आधा घण्टाभित्रै कुनै न कुनै समस्या देखिने भन्दै अरू नै कारणले बालककाे मृत्यु भएकाे दाबी गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन