Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने, बालुवाटारमै एक साता आराम गर्ने

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने, बालुवाटारमै एक साता आराम गर्ने

काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘डिस्चार्ज’ गर्ने तयारी भएको छ।

बुधबार साँझ वा बिहीबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले हेल्थ टिभी अनलाइनलाई जानकारी दिइन्।

बालुवाटारस्थित निवासमै आराम गर्ने इच्छा राखेपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागेको हो। स्वास्थ्यमा सुधार हुँदै गइरहेको र खाना राम्रोसँग खान थालेकाले चिकित्सकहरू उनलाई डिस्चार्ज गर्दा फरक नपर्ने निष्कर्षमा पुगेका हुन्।

डिस्चार्ज भए पनि प्रधानमन्त्री ओली चिकित्सकको निरन्तर निगरानीमा रहनेछन्। चिकित्सकहरूका अनुसार बालुवाटारमा उनले कम्तीमा एकसाता आराम गर्नुपर्नेछ।

अघिल्लो साता मंगलबार सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शलयक्रिया गरिएको थियो। प्रधानमन्त्री मिर्गौलारोगीसमेत हुन्।अस्पताल बसाइको ९ दिनमा दुईपटक डाइलासिससमेत गरिएको थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन