सातै प्रदेशमा दादुरा–रुबेला खोप अभियान
रूपन्देही : सरकारले देशभर दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। ‘पूर्ण खोप सुरक्षित भविष्य’ नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाले सातवटै प्रदेशमा अभियान सञ्चालन गर्न लागेका हुन्।
पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश १, २ र ५ मा अभियान सञ्चालन गरिनेछ। अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप दिइने र तराईका १९ वटै जिल्लामा पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको स्वाथ्य तथा खोप सेवा शाखाका जनसम्पर्क अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए।
अभियान सफल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि प्रदेशस्तरमा सचेतनामूलक कार्यक्रम शुरु गरेको छ। प्रदेश ५ को बुटवलमा प्रदेशसभाका सदस्य र सञ्चारकर्मीलाई अभिमुखीकरण आयोजना गरी राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियानबारे जानकारी गराइएको छ।
कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खोपको महत्त्वको विषयमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताए। बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक गौतमले खोप अभावमा बालबालिकामा अन्धोपना हुने, पखाला लाग्ने, कान पाक्ने निमोनिया हुने जस्ता समस्या देखिने बताए।
बाल स्वास्थ्य तथा खोप शाखा अधिकृत भरत भण्डारीले गर्भावस्थामा दादुरा भए ८७ प्रतिशत बालबालिका विकलांग हुने खतरा रहेको भन्दैबालबालिकालाई दादुरा र रुबेला खोप अनिवार्य लगाउन आग्रह गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा