‘सरकारी अस्पतालमा हाजिर गरेर निजी क्लिनिक धाउने परिपाटी अब अन्त्य हुन्छ’
भक्तपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गर्ने बताएका छन्।
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपांगता दिवस कार्यक्रममा उनले अब स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन्।
कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएको भन्दै स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गर्ने उनले बताए।
स्थानीय तहमा हस्तान्तरण भएका अस्पताललाई सहयोग गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताए। ‘सरकारी अस्पतालमा १० बजे हाजिर गरेर निजी क्लिनिकमा धाउने परिपाटीको अब अन्त्य हुन्छ’, उनले भने, स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको छ।’
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पताललाई छारेरोग विशेषज्ञ अस्पतालसहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरी सेवा विस्तार गरेको बताए।
कार्यक्रममा मन्त्री ढकाल र नगरप्रमुख श्रेष्ठले अभिभावक स्वावलम्बन समूहलाई रोटरी क्लब अफ मध्यपुरले दिएको पाँचवटा ह्वीलचियर प्रदान गरे।
त्यसैगरी आर्दश मावि लायकू, मानव विद्यागृह, स्वावलम्बन समूह र दिवा कक्षा केन्द्र भूँलाखेलका अपांगता विद्यार्थीलाई ८८ थर्मस, टिफिन बक्सलगायतका सामग्री प्रदान गरे।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै