Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीकाे स्वास्थ्य अपडेट : उल्लेख्य सुधार

प्रधानमन्त्रीकाे स्वास्थ्य अपडेट : उल्लेख्य सुधार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको र मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन्।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ’, उपचारमा संलग्न महाराजगञ्जस्थित मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले भने।

स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते प्रधानमन्त्री ओलीको सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। अंग प्रत्यारोपण गरिएकालाई शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्छ ।

प्रधानमन्त्री ओलीले सोमबार सो सेन्टरको सघन उपचार कक्षबाट भिडियोमा बाेल्दै उठेर बोल्नसक्ने, साथीहरूसँग कुरा गर्न सक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको जानकारी दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार