अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाबनलीमा आएको समस्याका कारण अस्पताल भर्ना भएका छन्।
उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो। अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको र सुधारोन्मुख रहेको छ। कार्टर केही दिनमै डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ।
गत नोभेम्बरमा पनि मस्तिष्कश्राव भएपछि उनको शल्यक्रिया गरिएको थियो। हाल ९५ वर्ष पुगेका उनी अमेरिकाका ३९औँ राष्ट्रपति हुन्।
४० वर्षअघि उनको कार्यकालमा अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण