Health TV Online
Health TV Online
Health TV Online

धनगढी उपमहानगरपालिकामा बन्दै ११ स्वास्थ्य केन्द्र

धनगढी उपमहानगरपालिकामा बन्दै ११ स्वास्थ्य केन्द्र

धनगढी : धनगढी उपमहानगरपालिकामा ११ वटा स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन्। उपमहानगरकै साढे ४ करोड लागतमा विभिन्न वडामा स्वास्थ्य केन्द्र निर्माण भइरहेका हुन्।

उपमहानगरका  ३, ५, ७, ८, ९, ११ नम्बर वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण भइरहेका छन्। १३, १४, १५, १७ र १८ मा पनि लागि भवन निर्माण शुरु भएको उपमहागरपालिकाले जनााएको छ।

हरेक वडामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य भवन निर्माण भइरहेको उपमहानगरले जनाएको छ। उपमहागर भए पनि धनगढीका सबै वडामा सहज स्वास्थ्य सेवा पुगेकाे छैन। ग्रामीण भेगका मानिसले स्वास्थ्य सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यता छ।

ती वडामा भवन निर्माणका लागि एसई कन्ट्रक्सन प्रालि ठेक्का पाएको छ। १५ महिनापछि उपमहानगरलाई भवन हस्तान्तरण हुने इन्जिनियर कमल ओझाले बताए।

सम्झौता अनुसार एक हजार ४०० स्क्वायर फिटको एकतले ११ कोठे भवन भवन निर्माण हुनेछन्। ६७ लाख लागत अनुमान गरिएको भवनका लागि ४० लाखमा निर्माण पक्ष र उपमहानगरबीच ठेक्का सम्झौता भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार