Health TV Online
Health TV Online
Health TV Online

जाजरकोट अस्पतालमा अभावै अभाव

जाजरकोट अस्पतालमा अभावै अभाव

जाजरकोट : ५० शय्याको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण, पूर्वाधारलगायत अभाव हुँदा समस्या भएको छ। स्थानीयवासीले अस्पतालबाट सामान्य उपचारसमेत पाउन सकेका छैनन्।

१२ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता छ। अस्पतालमा ६ विशेषज्ञ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मीको दरबन्दी भए पनि ३४ पद रिक्त छ। अस्पताल करार तथा स्वयंसेवक स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा. रविन भुसालले बताए। ‘अस्पतालको इमर्जेन्सी, फार्मेसी, जनरल वार्ड र प्रसूति सेवामा एक दिनमा चार नर्सिङ स्टाफ चाहिन्छ’, उनले भने, ‘तर अहिले दुई जनाको भरमा चलिरहेको छ।’

अस्पतालमा करारका तीन मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक र एक स्टाफ नर्स कार्यरत रहेको भुसालले जानकारी दिए। अस्पतालमा आठ स्टाफ नर्स र तीन स्वास्थ्य सहायकको दरबन्दी छ तर अधिकांश दरबन्दी रिक्त भएको लामो समय भए पनि पूर्ति भएको छैन ।

अस्पतालमा आइपिडी, ओपिडी, ब्लड बैंक, सुत्केरीसेवालगायत अति आवश्यक उपचारका लागि भवन अभाव रहेको पनि डा‍‍. भुसालले बताए। गुणस्तरीय एक्स–रे मेसिन र एम्बुलेन्ससमेत नभएको उनको भनाइ छ।

हालै अस्पतालको भवन निर्माणको बोलपत्र रद्द भएपछि काम रोकिएको छ। गत असार २ गते नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएकोमा खरीद ऐन संशोधनका कारण रद्द गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार