भीमदत्तनगरमा दुई जनामा भेटियो स्क्रब टाइफस
कञ्चनपुर : भीमदत्तनगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखापरेको छ।
भीमदत्त नगरपालिका–९ र १८ का दुईजनामा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताए।
टाइफस भएमा टाउको बेस्सरी दुख्ने, १०४ डिग्रीभन्दा बढी हनहनी ज्वरो आउने, शरीरमा रातो मसिना बिमिरा देखापर्ने, ग्रन्थी सुन्निने, पसिना आउने लगायतलक्षण देखापर्ने उनले जानकारी दिए।
कडा किसिमको टाइफसको ब्याक्टेरियाले फोक्सोमा आक्रमणमा गरेमा बिरामीको मृत्युसमेत हुन्छ। सूक्ष्म प्रकारको किर्नाबाट यसको संक्रमण हुने बताइन्छ। झाडी र घाँसेमैदानमा पाइने भएकाले यस्ता ठाउँमा जाँदा पूरा बाहुला भएको सर्ट र प्यान्ट्ससँगै जुत्ता लगाएर जान चिकित्सक सल्लाह दिन्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण